/सरकार र नेकपा विप्लब समूह बीच तीन बुँदे सहमति, विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा

सरकार र नेकपा विप्लब समूह बीच तीन बुँदे सहमति, विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा

सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे । 

बिप्लब समूहले हिंसात्मक गतिविधि गरेपछि तत्कालिन सरकारले २०७५ फागुन २८ गतेदेखि सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीकाअनुसार आज विहान भएको तीन बुँदे सहमति अनुसार विप्लब समूहमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो । 

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

भोलि शुक्रबार दिउँसो हुने औपचारिक कार्यक्रममार्फत् जेलमा रहेका सो समूहका नेता तथा कार्यकर्ता रिहाईको औपचारिक घोषणा गरिने मन्त्री चौधरीले बताउनुभयो ।