/समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र,

समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र,

रिपोर्टर्स सेभेन,

माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निचोडमा पुगेको छ। तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षमा रहेका एमालेका नेताहरु एमालेमै सक्रिय रहने निर्णय गरिसके पनि सरकारमा रहेका माओवादी केन्द्रका नेताहरु भने अब ओली नेतृत्वको एमालेमै रहने वा माओवादीमा फर्कने भन्नेबारे अनिर्णित छन्।

ओली सरकारमा रहेका खानेपानीमन्त्री मणि थापा र खेलकूदमन्त्री दावा तामाङले अब माओवादीमा नफर्किने संकेत गरिसक्नु भएको छ । उहाँहरु दुवै जना संसद सदस्य हुनुहुन्न। संघीय संसदको सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी भने यसबारे कुनै निर्णयमा नपुगेको बताइएको छ  । 

प्रधानमन्त्री ओली नेतृत्वको एमालेमै रहँदा सांसद पद नरहने भएपछि सांसद पद माया मारेर एमालेमै रहने वा मन्त्री छाडेर माओवादीमा फर्कने भन्नेबारे छलफलमा रहेको एक स्रोतले बताएको छ  ।