पोखरा,
अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कास्कीले पृथ्वीनारायण क्याम्पसमा दुबै सिफ्टमा पढाइ सञ्चालन गर्न माग गर्दै हस्ताक्षर संकलन कार्यक्रम गरेको छ । पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा केहि संकायका बिहानी कक्षा कटौती गरि दिवा सेवा मात्र संचालन गर्न लागिएको भन्दै अनेरास्ववियूले यसको बिरोध गरेको हो ।
समग्र बिधार्थीको माग र आवस्यकतालाई ख्याल गर्दै बिहानी कक्षा हटाउन नहुने अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिका संयोजक बिष्णु पोखरेलले बताए ।
दबाब स्वरूप हस्ताक्षर संकलन अभियानपनि संचालन गरेको जानकारी गराउंदै उनले गरिब जनताका छोरा छोरि अध्ययन गर्ने क्याम्पसले यस बिषयमा गम्भीर भएर सोच्नुपर्ने समेत बताए ।
क्याम्पसले यस निर्णयलाई लागु गरेर हजारौं बिधार्थीको सपनामा कुठाराघात गरे अनेरास्वावीयूले थप संघर्षका कार्यक्रम अघि सार्ने अनेरास्वावीयू कास्कीका संयोजक बिजय पौडेलले बताए ।