पोखराको न्युरोडस्थित प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) ले आफ्नो सेवा विस्तारलाई तिब्रता दिएको छ ।
स्याङजाको वालिङमा पनि शाखा विस्तार गरेको प्रा.लि.का अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिनुभएको छ ।
भिरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका लगायत स्याङ्गजाका अन्य सेवाग्राहीलाई लक्षित गरी तल्लो वालिङमा युआरएलको शाखा विस्तार गरेको हो ।
यो संगै याहाँका बासिन्दाले थप सेवा सुविदा प्राप्त गर्नेमा आफु विस्वस्त रहेको प्रालिका अध्यक्ष पन्तले बताउनुभएको छ ।
उहाँका अनुसार शाखा सञ्चालनको अवसरमा विशेष छुटमा सेवा प्रदान भैरहेको छ ।