/म्यान्मारमा सेनाको कारबाहीमा परी ३८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा सेनाको कारबाहीमा परी ३८ प्रदर्शनकारीको मृत्यु

एजेन्सी , 

म्यान्मारमा सेनाको कारबाहीमा परी आइतबार कम्तिमा ३९ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले सत्ता आफ्नो हातमा लिएपछि जारी आन्दोलनमा आइतबार हालसम्मकै सबैभन्दा बढी आन्दोलनकारी मारिएका एजेन्सीले जनाएका छन्। 

हालसम्म म्यानमारमा सैन्य कारबाहीमा परी १२० भन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमामात्रै कम्तीमा २१ प्रदर्शनकारी मारिएका छन् भने देशका अन्य शहरमा पनि आन्दोलनकारी मारिएका छन्। 

याङ्गुनमा सैन्य कानुन लागू गरिए संगै 

याङ्गुनमा सैन्य कानुन लागू गरिए संगै  प्रहरीले आन्दोलनकारीमाथि निर्मम तरिकाले गोली चलाइरहेको छ।