/बैशाख २० गते आयोजना हुने पोखरा स्पोर्टस अवार्डकोमा  माई होटलले नवप्रतिभा पुरस्कार प्रायोजन गर्ने

बैशाख २० गते आयोजना हुने पोखरा स्पोर्टस अवार्डकोमा  माई होटलले नवप्रतिभा पुरस्कार प्रायोजन गर्ने

चैत ३, पोखरा | नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने  पोखरा स्पोर्टस अवार्डकोमा  माई होटलले नवप्रतिभा पुरस्कार प्रायोजन गर्ने भएको छ ।

होटलका प्रवन्ध निर्देशक तोरण बहादुर बानियाँ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीवीच प्रायोजन बारे सहमती भएको हो । नवप्रतिभा खेलाडी पुरस्कार वापतको ३५ हजार रुपैयाँ प्रायोजन गर्ने सहमती भएको हो । 

कोभिड १९ को महामारी संगै हुन नसकेको अवार्ड नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा २०७८ साल बैशाख २० गते आयोजना हुदै छ ।

 खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीका अनुसार  गण्डकी प्रदेशबाट जिल्ला, राष्टिय र अन्तराष्टिय प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सात वटा विद्यामा अवार्ड प्रदान गरिने छ ।

पोखरा सभागृहमा आयोजना गरिने कार्यक्रममा  वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट नवप्रतिभावान खेलाडी, उत्कृष्ट खेलकुद पत्रकार र लाइफटाइमा अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।