/नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्रि नवीन्द्रराज जोशीको अवस्था जटिल

नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्रि नवीन्द्रराज जोशीको अवस्था जटिल

चैत ४, नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्रि नवीन्द्रराज जोशीको अवस्था जटिल बनेको छ  । नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई  उपचाररत जोशीको अभेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

केहि दिन अगाडी अवस्थामा सुधार देखिए पनि पुन अवस्था जटिल हुदै गएको अस्पतालले जनाएको छ ।

 फागुन १४ गते उनलाई  मष्तिष्कघात भएपछि नर्भिकमा भर्ना गरिएको थियो ।