/ नेकपा एमालेको संसदीय बोर्डले गर्यो गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय

 नेकपा एमालेको संसदीय बोर्डले गर्यो गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय

 नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत गतिविधि गर्ने अगुवालाई स्पष्टीकरण सोध्ने बताउनुभएको थियो ।

बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि हुनुहुन्छ । तर, उहाँहरु सहभागी हुनुभएन ।

बोर्ड गठन भएपछि पहिलोपटक दलको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम र माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।