/भारतमा संक्रमण बढ्दै गएपछि नेपालमा पनि भिडभाडका कार्यक्रम नगर्न अपिल

भारतमा संक्रमण बढ्दै गएपछि नेपालमा पनि भिडभाडका कार्यक्रम नगर्न अपिल

सरकारले सभा, जुलुसजस्ता भेटघाट र जमघटका कार्यक्रम नगर्न अपिल गरेको छ ।

भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ती जारी गर्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार र बैठकसँगै भीडभाड हुने व्यवहार नगर्न अपिल गरेको छ ।

मन्त्रालयले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड अनिवाय पालना गर्न अपिल गरेको छ ।

MOPH