भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिए संगै नेपालमा पनि पुन संक्रमणको जोखिम उच्च बनेको छ ।
भारतका विभिन्न ठाउँमा संक्रमण फैलिए संगै आउदै गरेको होलि संगै अन्य कार्यक्रममा भिड भाड नगर्न अपिल गरेको छ त्यसै गरि राजस्थानमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु पनि तीन महिनाकै उच्च हो ।
भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध तीनवटा खोप फाइजर, मोडर्ना र जोनसोन एन्ड जोनसोन खोप लगाउने क्रम जारी छ ।
कोभिडविरुद्धको खोपपछि पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । अमेरिकामा अहिलेसम्म पाँच लाख ५५ हजार जनाको मृत्यु भएको छ । विश्वभर यो महामारीबाट २७ लाख २८ हजारको ज्यान गएको छ ।