/काेराेना सङ्क्रमण भयावह हुन नदिन सबैमा आग्रह

काेराेना सङ्क्रमण भयावह हुन नदिन सबैमा आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको छ । 

बुधवार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको हो । यद्यपि अहिले भयावहको स्थिति नभएको उहाँको भनाइ छ । 

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताउनुभयो । पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।