रिपोर्टर्स सेभेन ,
चैत १४, शनिवार पनि वायु प्रदुषणले गर्दा आन्तरिक तथा बाह्य उडान एंव अवतरण प्रभावित बनेको छ । प्रदूषणका कारण भिजिबिलिटी कम भएका कारण शनिवार हुने सबै उडान तथा अवतरण प्रभावित भएको त्रिभूवन विमानस्थलले जनाएको छ।
टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिवार विहानैदेखि उडान प्रभावित भएको बताइएको छ । कुन समयमा उडान अवतरण शुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने तर भिजिबिलिटीको निगरानी गरिरहेको विमास्थलका अधिकारीहरुले जनाएका छन् ।
सामान्य अवस्थामा विहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेका थिए । तर आज शनिवार विमानस्थल ठप्प छ।