/आज देखि पोखरामा आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ भिड्दै

आज देखि पोखरामा आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ भिड्दै

 आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि पाखामा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । 

प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

साहारा क्लब पोखराको आयोजनामा हुन गइरहेको प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् ।