/नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा गुरुङ

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा गुरुङ

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं साधारण सभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
४२ औं साधारण सभाले लिलिन्द्र प्रसाद प्रधान को अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो।
त्यसैगरी सभाले सुनिल गुरुङ्गलाइ वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
बिगत लामो समय देखि समाजसेवा संगै खेलाकुद्काको क्षेत्रमा समेत उल्लेख्य योगदान रहेका गुरुङ निर्बोरोध निर्वाचित हुनुभएको हो।
उहाँ हाल सहारा क्लबको सल्लाहकार संगै बिभिन्न संघसंस्थामा आबद्द हुनुहुन्छ । बिगत लामो समय देखि पेट्रोलियम डिलर्सको रुपमा कार्यरत गुरुङ्ग राजनीतिक र सामाजिक रुपले समाजमा प्रतिष्टित र समाजसेवी हुनुन्छ।
सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष को रुपमा चयन भए पछि उहाँले यस क्षेत्रलाई अझै चुस्त दुरुस्त राख्न र एशोसिएसनको आवस्यकता र परिवेस अनुसार अगाडी बढ्ने बताउनु भयो।