/तीन दल मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको मुख्यमन्त्री गुरुङ भनाइ

तीन दल मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको मुख्यमन्त्री गुरुङ भनाइ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले शुक्रबार बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताउनुभयो । 

उहाँले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताउनुभयो । ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उहाँको भनाइ छ ।

 “रु ३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पु¥याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ, उहाँले भन्नुभयो ।