/पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि , एकको मृत्यु

पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि , एकको मृत्यु

पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । यस्तै,पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

। शनिबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशमा बढ्दो कोरोना संक्रमणबाट जोगिन २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क गराएको छ । त्यस्ता जमघटकै कारण भाइरस फेलिएर फेरि महामारीको रुप लिन सकने भएकोले भेला र जमघट आदि नगर्न मन्त्रालयले आह्वान गरेको छ ।