/आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटालाइ

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटालाइ

 आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।

पोखरा रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा गएको थियो ।

प्रतियोगिताको विजेता संकटाले १० लाख १ हजार रुपैँया पुरस्कार हात पारेको छ भने  उपविजेता बनेको अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।