/विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या नेपालमा ७५२ पुग्यो

विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या नेपालमा ७५२ पुग्यो

विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । 

झण्डैै पाँच वर्ष पछि भएको एकसिँगे गैँडाको राष्ट्रिय गणनामा संख्या गैँडाको संख्या अघिल्लो गणना भन्दा १०७ बढेको छ । यसअघि सन् २०१५ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६०५, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रेकर्ड गरिएका थिए ।

पछिल्लो पाँच वर्षमा पर्सा बाहेक अरु राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या निकै सन्तोषजनक रुपमा वृद्धि भएको छ भने पर्सामा भने सन् २०१५ को संख्या जस्तै तीन वटा मात्र गैँडा भेटिएका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १८ गतेबाट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गणना सुरु गरिएको थियो ।