/भारतमा संक्रमणदर उच्च, दिल्लीमा कडा प्रतिबन्ध

भारतमा संक्रमणदर उच्च, दिल्लीमा कडा प्रतिबन्ध

भारतमा कोरोना भाइरसबाट अहिलेसम्मकै धेरै मानिस संक्रमित भएका छन् ।

 

भारतमा पछिल्लो पटक झण्डै १ लाख ५३ हजार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणको दोस्रो लहर दिनहुँ भयावह बनिरहेको भारतमा संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा बढी हो । अघिल्लो दिनमात्रै त्यहाँ करिब एक लाख ४५ हजार जनामा संक्रमण भएको थियो । पछिल्लो पटक विश्वभर करिब ६ लाख ५८ हजारभन्दा बढी संक्रमित थपिए ।

भारतपछि ब्राजिलमा ६९ हजार, अमेरिकामा ६६ हजार तथा टर्कीमा ५२ हजार भन्दा बढी संक्रमित भए । सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी ब्राजिलमा २ हजार ५ सय भन्दा बढीले ज्यान गुमाए । अघिल्लो दिन त्यहाँ ३ हजार ६ सय भन्दा बढीको मृत्यु भएको थियो । ब्राजिलपछि भारतमा झण्डै ९ सय, अमेरिकामा र पोल्याण्डमा ७ सय बढीले ज्यान गुमाए ।

पछिल्लो पटक विश्वमा कोरोनाका कारण थप ११ हजारभन्दा बढीको मृत्यु भएको छ । एजेन्सी