/हात्तिको आक्रमण बाट महिलाको ज्यान गयो

हात्तिको आक्रमण बाट महिलाको ज्यान गयो

बाख्रा चराउन गएकी महिलाको हात्तिको आक्रमण बाट ज्यान गएको छ । 

बर्दिया  गेरुवा गाउँपालिका वडा नम्बर १ भटेरागाउँकी ६० वर्षीया भुन्टी बोहराको हात्तीको आक्रमणबाट ज्यान गएको हो  ।

बाख्रा चराउने क्रममा दुइ वटा हात्तीले लखेटेर केहि टाढा पुर्याएर मारेको प्रहरीले जनाएको छ  ।

बर्दियामा  जंगली जनवारले आक्रमण गर्ने क्रम पछिल्लो समय बढ्दै गइरहेको छ  ।