/माछा मार्न गएका एक पुरुषको करेन्टले ज्यान लियो

माछा मार्न गएका एक पुरुषको करेन्टले ज्यान लियो

 स्याङ्जामा माछा मार्ने क्रममा  एक पुरुषको ज्यान गएको छ  ।  

भिरकोट नगरपालिका ७ हेलुस्थित आधिँखोलामा   सोही नगरपालिका वडा नं ७ लामाचौर बस्ने ३४ वर्षीय बिवेक खाँणको शनिबार मृत्यु भएको हो ।

गजेबास देउरालीस्थित आँधिखोलामा साथीहरुसँग माछा मार्न गएका खाँणको करेन्ट लागेर घाईते भएपछी  उपचारको क्रममा गह्रौ प्राथामिक अस्पताल वालिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाँणले आधिँखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।