/स्याङ्जामा झुण्डिएर एक महिलाको मृत्यु

स्याङ्जामा झुण्डिएर एक महिलाको मृत्यु

चैत्र ३१, स्याङ्जामा पासो लगाएर आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । पुन  भिरकोट नगरपालिका स्याङ्गजामा  एक महिलाले आत्महत्या गरेकी छन्  ।

 

प्रहरीका अनुसार  भिरकोट नगरपालिका वडा नं २ डाँडाकोट बस्ने २४ वर्षीय कमला गिरी खड्काको आइतबार आफ्नै घरमा झुण्डिएर मृत अवस्थामा भेटिएको छ ।

उनलाई घरको  दलिनमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटेको  हो ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको छ  ।