/पुनर्निर्माण हुँदैगरेको धरहराको उद्घाटन यही वैशाख ११ गते गरिने

पुनर्निर्माण हुँदैगरेको धरहराको उद्घाटन यही वैशाख ११ गते गरिने

रिपोर्टर्स सेभेन,

बैशाख १, तीव्र निमार्ण कार्य भैरहेको ऐतिहासिक धरहराको उद्घाटन यही वैशाख ११ गते गरिने भएको छ  ।

०७२ सालको भूकम्पले ढलाएको धरहरा   प्रधानमन्त्री केपी शर्माद्वारा उद्घाटन गरिने भएको हो ।

विनाशकारी भूकम्पका कारण देशका अधिकांश ऐतिहाँसिक संरचना ध्वस्त भएका थिए ।

त्यस्तै आगामी आर्थिक वर्षदेखि पुनर्निर्माण सम्बन्धी  महाअभियान शुरु गर्ने निर्णय समेत  भएको बताइएको छ   । समृद्द नेपाल निर्माणका लागि  १० वर्षे कार्यक्रमको खाका समेत  तयार पार्ने काम भएको हो  ।