/ट्रक  अनियन्त्रित भइ त्रिशूली नदीमा खस्दा चालकको मृत्यु

ट्रक  अनियन्त्रित भइ त्रिशूली नदीमा खस्दा चालकको मृत्यु

बैशाख १, बुधबार पृथ्वी राजमार्ग अन्तर्गत चितवनको धारापानीबाट ट्रक अनियन्त्रित भइ त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । 

मंगलबार राति करिब १ बजे आफैँ अनियन्त्रित भएर एकसय ५० मिटर तल त्रिशुली नदीमा खस्दा चालक वर्ष ३४ को अग्निधर पाण्डेको मृत्यु भएको असइ अधिकारीले जानकारी दिनुभयो ।

काठमाडाैँबाट नारायणगढतर्फ आउदैँ गरेको लु २ ख ५११३ नम्बरको ट्रक  अनियन्त्रित चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ३ स्थित पानीधाराबाट नदीमा खसेको हो।