/पछिल्लो चौबीस घण्टामा ५८० जनामा संक्रमण पुष्टि, १२९ जना सङ्क्रमणमुक्त

पछिल्लो चौबीस घण्टामा ५८० जनामा संक्रमण पुष्टि, १२९ जना सङ्क्रमणमुक्त

 नेपालमा कोरोनाभाइरसका ५८० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २८९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हाल चार हजार ५६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । 

हाल ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा छन् । ४५७ जना हाल संस्थागत् आइसोलेशनमा र तीन हजार ५९९ जना होम आइसोलेशनमा छन् ।

मन्त्रालयका अनुसार हाल ८० जना सङ्क्रमित सघन उपचार कक्ष र २५ जना भेन्टिलेटरमा रहेका छन् ।